७ कार्तिक २०८३, शनिबार

चीनको यो अपेक्षा पूरा होला ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china.jpgकाठमाडौं, २६ फागुन । चीनले नेपालसँग स्वतन्त्र व्यापार सम्झौताको टुंगो चाँडै लाग्ने अपेक्षा व्यक्त गरेको छ ।

प्रधानमन्त्री केपी ओलीको चैत ७ देखि सुरु हुने भ्रमणका सन्दर्भमा चीनले स्वतन्त्र व्यापार सम्झौता गर्न प्रक्रियागत विषयमा नेपालसँग चाँडै सहमति हुने विश्वास व्यक्त गरेको छ ।

स्वतन्त्र व्यापार सम्झौतालाई अन्तिम रुप दिन यतिबेला नेपाल र चीनबीच कुटनीतिक तहमा कुराकानी चलिरहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गर्न दुवै पक्ष लगभग सहमत देखिएका छन् ।

वन बेल्ट वन रोड रणनीतिमार्फत विश्वका विभिन्न मुलुकसँग रेल, सडक र समुद्री मार्गमार्फत सम्पर्क बढाएर आर्थिक र पूर्वाधार विकास गर्ने चीनको लक्ष छ ।