
महोत्तरी, २५ फागुन । तराई जिल्ला महोत्तरीमा अनौठो घटना भएको छ ।
जहाँ एक नवविवाहित महिलाले आफ्नै श्रीमानको लिंग काटेकी छिन् । घटना महोत्तरीको लक्ष्मीनिया बैरगिया गाउँमा भएको हो ।
पारिवारिक विवादलाई घटनाको कारण भनिएपनि रहस्य भने अर्कै रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरी स्रोतले जनाएको छ ।
स्रोतका अनुसार दिनदिनै शारीरिक सम्पर्क राख्न खोजेपछि, नमान्दा जबरजस्ती गरेपछि नवविवाहितले लिंग काटेकी हुन् ।
सोमबार राति भएको यो घटनामा श्रीमान–श्रीमतीबीच मनमुटाव भएको थियो । यसको कारण नखुलाएपनि स्रोतले शारीरिक सम्पर्क नै भएको दाबी गरेको छ ।
यही विषयमा विवाद भएपछि १८ वर्षीय अन्सारी थरका युवकको लिंग काटिएको हो । उनीहरुको दुई साता अगाडिमात्रै विवाह भएको थियो ।
लिंग काटिएपछि घाइते बनेका युवकलाई उपचारका लागि भारतको सीतामढी स्थित सरकारी अस्पतालमा भर्ना गरिएको छ । घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया