१५ कार्तिक २०८३, आइतबार

यति कठोर मनुष्य को हो ? शिशुलाई टुक्राटुक्रा पारेर आलुबारीमा गाड्यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

APF Police Mato Khane koताप्लेजुङ, २५ फागुन । ताप्लेजुङमा एक नवजात शिशुको शव टुक्राटुक्रा पारी आलुबारीमा गाडिएको अवस्थामा फेला परेको छ ।

ताप्लेजुङ नगरपालिका–६ निवासी बलबहादुर लिम्बूको आलुबारीमा माटोले पुरेको अवस्थामा नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले बताएको छ ।

शव टुक्रिएकाले लिङ्ग पहिचान हुन नसक्ने अवस्थामा भेटिएको हो । टुक्रिएको शव सङ्कलन गरी जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ ।

सोमबार दिउँसो बारीमा आलु खन्ने क्रममा लिम्बूले उक्त नवजात शिशुको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । नवजात शिशुको हत्या गरी कसले गाडेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । रासस