७ कार्तिक २०८३, शनिबार

व्यापारीसँग कसले माग्दैछ करोडौ रुपैयाँ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Birganja Bazarवीरगञ्ज, २५ फागुन । वीरगन्जमा उद्योगी, व्यवसायी, कर्मचारी तथा शिक्षकलाई धम्क्याएर रकम असुली गर्ने गिरोह सक्रिय भएको छ ।

मधेस आन्दोलनपछि व्यापारिक प्रतिष्ठान, निजी अस्पताल, विद्यालय, सरकारी कार्यालय तथा विद्यालयमा रकम माग गर्दै मधेस र थरुहट नाम जोडिएका विभिन्न संगठनको पत्र तथा धम्कीपूर्ण फोन आउने गरेको समाचार कारोबार दैनिकले छापेको छ ।

‘मधेस मुक्तिका नाममा असुली गर्ने गिरोह सक्रिय हुँदा वीरगन्जका व्यवसायी त्रसित छन्’ वीरगन्ज उद्योग वाणिज्य संघका एक पदाधिकारीले भने, ‘६ महिनाको आन्दोलनले अर्बौं क्षति भएको मुलुकको प्रमुख आर्थिक केन्द्रका व्यवसायी अहिले मधेसवादी भूमिगत संगठनको नाममा असुली तथा धम्कीले आहत छन् ।’

उनका अनुसार आन्दोलनपश्चात उद्योगी, व्यवसायीलाई धम्क्याएर रकम असुली गर्ने गिरोह नै अहिले सक्रिय छ ।