काठमाडौं, २५ फागुन । शेरबहादुर देउवाको प्रचारमा खुमबहादुर खड्का सडकमा आइतबारको चुनावमा कार्यकर्ता मात्र खटाएका खुमबहादुर खड्का सोमबारको निर्णायक चुनावमा आफै मैदानमा उत्रिएका थिए ।
उनले पचासौँ कार्यकर्तालाई अघिपछि लगाएर देउवाका लागि भोट मागेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
उनका समर्थक नारा लगाउँदै थिए, ‘खुमबहादुर दाइ के भन्छ, शेरबहादुरलाई ले भन्छ ।’ खुमबहादुरले पौडेललाई सपोर्ट गरे भन्ने प्रचार चलेपछि उनी झन् सक्रिय भए ।















प्रतिक्रिया