
बागलुङ, २४ फागुन । बागलुङमा एमाओवादीका जिल्ला सल्लाहकार सदस्यसहित पचासभन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
एमाओवादी सल्लाहकार सदस्य नेत्र सर्तुङगी मगरको नेतृत्वमा एमाले प्रवेश गरेका नवप्रवेशीलाई नेकपा एमाले गुल्मीका सचिव सोमनाथ सापकोटाले स्वागत गरे ।
स्वागत गर्दै उनले नवप्रवेशीलाई उचित जिम्मेवारी दिइने बताए । अबको समय संविधानको सफल कार्यान्वयन गर्दै विकासमा लाग्नुपर्ने भन्दै उनले युवाहरुले भुमिका खेल्नुपर्नेमा जोड दिए ।
आज गुल्मीको बडागाउँ वार्ड २ दिगामचौरमा आयोजित संगठन विस्तार कार्यक्रम नेकपा एमाले वडागाउँ को आयोजनामा भएको थियो ।












प्रतिक्रिया