१ कार्तिक २०८३, आइतबार

नयाँ बसपार्क स्तरोन्नति कार्यक्रम सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Naya-buspark

काठमाडौँ, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बसपार्कलाई स्तरोन्नति गरी सुविधा सम्पन्न एवम् आधुनिकीकरण गर्ने कार्यक्रमको आज यहाँ उद्घाटन गर्नुभएको छ ।

समृद्ध महानगर निर्माणमा ठूला तथा आधुनिक संरचना निर्माणको महत्वपूर्ण भूमिका हुने भन्दै ल्होत्से बहुउद्देश्यीय प्रालि र काठमाडौँ महानगरपालिकाको संयुक्त आयोजनामा बसपार्क क्षेत्रको समुन्नत पूर्वाधार तथा आधुनिक बसपार्क निर्माण कार्यक्रममा प्रधानमन्त्री ओलीले विकासमा प्रविधि र साझेदारीलाई सँगसँगै लैजानुपर्ने बताउनुभयो ।

“राजधानीको समुन्नति अन्य सहरका लागि सिकाइ हुने भएकाले राजधानीका भौतिक संरचना निर्माणमा प्रविधि उपयोगमा निजी क्षेत्रको स्रोत र सीप जोडिएको तथा यस कार्यमा महानगरको नेतृत्व रहेकाले नयाँ बसपार्कको समुन्नति सम्भव छ”–प्रधानमन्त्री ओलीले भन्नुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले नयाँ बसपार्कको आधुनिकीकरणले राजधानीमा सवारी आवागमनको स्तरीयतामा सुधार आउने बताउनुुभयो ।

कार्यक्रममा ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवरले अबको नयाँ बसपार्क महिला तथा अपाङ्गमैत्री, सुन्दर, व्यवस्थित र यात्रुको आवतजावत, आराम तथा यात्रालाई सहज बनाउन आवश्यक सुविधासहितको हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जापान सरकारले निर्माण गरेर नेपाल सरकारमार्फत काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरिएको नयाँ बसपार्क काठमाडौँ महानगरपालिकाले २०५७ सालमा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सार्वजनिक सेवा केन्द्र सञ्चालनलगायत सर्त पालना गर्ने गरी ४५ वर्षका लागि जिम्मा दिएको थियो । रासस