१ कार्तिक २०८३, आइतबार

‘उर्जामा आत्मनिर्भर भएर भारतलाई नाकाबन्दी लाउनुपर्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Garima shah photo

धनगढी, २३ फागुन । नेकपा (एमाले) कि केन्द्रीय सदस्य तथा सांसद गरिमा शाहले नेपालले उर्जा क्षेत्रमा प्रगति गर्न सकेको खण्डमा भविश्यमा नाकाबन्दी नहुने वताएकी छन ।

उर्जामा प्रगति गर्न सकेको खण्डमा नेपाल आत्मनिर्भर मात्र होइन भारतलाई समेत विद्युत बेच्न सक्थ्यौ त्यस्तो अवस्था सृजना गर्न सके भारतले नाकावन्दी गर्न सक्दैन थियो उनले भनिन सरकारसंग दृढ इच्छाशक्ति भएमा उर्जामा प्रगति गरेर भारतलाई नेपालसंग निर्भर वनाउन सकिन्छ ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी यूनियन सेती–महाकाली क्षेत्रीय समितिको १० औं क्षेत्रीय अधिवेशनको आइतवार धनगढीमा उद्घाटन गनर्दे सांसद शाहले राजनीतिक र प्रशासनिक नेतृत्व जल माफियाको कमिशनको खेलमा फसेकोले उर्जा क्षेत्रको विकास हुन नसकेको वताइन । माफियाको जालोबाट वचेर उर्जाको विकास गर्न राष्ट्रसेवक कर्मचारीले विशेष ढंगले लाग्नु पर्ने उनको सुझाव थियो ।

धेरै नदी भारतको पञ्जामा गइसके अव कर्णाली नदी मात्र हामीसंग छ कर्णाली जोगाउन हम्मेहम्मे छ त्यो वचाउने काम राष्ट्रसेवक कर्मचारीको हो उनले भनिन हामी सुदूरपश्चिमवासी सँधै साथमा रहने छौ । कर्णाली र काठमाडौ निजगढ द्रुतमार्ग हामीले भारतलाई सुम्पिन नदिएकोले नाकावन्दी भएको चर्चा गर्दे उनले नेपालमा राजनीतिक आन्दोलन सफल भइसकेपनि कर्णाली र काठमाडौ निजगढ द्रुतमार्ग हत्याउन विभिन्न समूदायलाई उचाल्ने प्रयास भइरहेको वताइन । सभासद शाहले भारतिय वद्धिजीवि आनन्दस्वरुप वर्माले समेत भारतिय शासकहरुले कर्णाली लगायतका महत्वपूर्ण प्राकृतिक स्रोत साधनमा गिद्धेदृष्टी लगाएकोले नेपाल भारत सम्वन्धमा समस्या आइरहेको चर्चा गरेको वताइन ।

garima

यो या त्यो नाममा राजनीतिक आन्दोलन चलाएर नेपालको आर्थिक उन्नती रोक्ने षड्यन्त्र भइरहेको जिकिर सभासद शाहको थियो । उनले उर्जा क्षेत्रले नेपालको आर्थिक विकासमा धेरै ठूलो योगदान दिन सक्ने भएकोले राजनीतिक र प्रशासनिक नेतृत्व इमान्दार हुनपर्नेमा जोड दिइन ।

नेपालको संविधानमा महिला, दलित, जनजाति,मधेसी, मुस्लिमका लागि विषेश व्यवस्था छ उनको दावी छ राष्ट्रका प्रमुख राजनीतिक, प्रशासनिक र सुरक्षा प्रमुख हुन वंशजको नागरिकता आवश्यक हुने व्यवस्था गरिएकोमा आक्रोशितहरुले अंगिकृत नागरिकहरुले नेपालीलाई भड्काउन खोजेका छन ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी यूनियनका केन्द्रीय अध्यक्ष रामप्रसाद रिमालले पनि राजनीतिक र उपल्लो तहका कर्मचारीहरु वहुराष्ट्रिय कम्पनिका ऐजेन्टको जालमा पर्दा नेपालको लोडसेडिङ हट्न नसकेको वताए । उनले एउटा आयोजनाको काम थाल्न खोज्दा सात मन्त्रालय र २१ विभाग धाउनु पर्ने वाध्यता रहेको चर्चा गर्दे काम गर्न सजिलो वनाउन प्रधानमन्त्री कार्यालयको मातहतमा सहायता कक्ष वनाउनु जरुरी भएको वताए ।

अहिले एक हजार तीन सय मेघावट विजुली चाहिएको छ १० वर्षपछि दुई हजार पाँच सय चाहिन्छ त्यो आवश्यक्ता पूर्ति गर्न अहिलेदेखि कै तयारी आवश्यक छ उनले भने विद्युत प्राधिकरणलाई राम्रोसंग काम गर्न दिने हो भने त्यो आवश्यक्ता पुरा गर्न सक्छौ ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी यूनियन सेती–महाकाली क्षेत्रीय समितिका अध्यक्ष जयवहादुर सिंहको अध्यक्षतमा भएको उद्घाटन कार्यक्रममा नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाका प्रमुख विभुतिनाथ मिश्र, सार्वजनिक संस्था कर्मचारी संगठन नेपालकका केन्द्रीय सदस्य नारायणप्रसाद पाण्डेय, पेशागत महासंघ नेपाल कैलालीका अध्यक्ष जयदेव जोशी, नेपाल विद्युत प्राधिकरण कर्मचारी संघका केन्द्रीय सदस्य दीपकराज जैसी, नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारीका केन्द्रीय उपाध्यक्ष मानवहादुर चन्द, लगायतले अधिवेशनको सफलताका लागि शुभकामना दिएका थिए । कार्यक्रमको संचालन लोकेन्द्रविक्रम मल्लले गरेका थिए ।

सो अवसरमा राम्रो काम गरे वाफत नेपाल विद्युत प्राधिकरण दार्चुला वितण केन्द्रका प्रमुख रामदिनेश चौधरी, नेपाल विद्युत प्राधिकरण कर्मचारी यूनियनका पूर्व केन्द्रीय सदस्य नन्दवहादुर रोकायलाई सम्मान गरिएको थियो ।