
काठमाडौं, २३ फागुन । ‘स्वास्थ्य, अनुशासन र आत्मविश्वाससँगै राष्ट्रियता’ भन्ने मूल अभियानमा अग्रसर रहँदै राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा घट्टेकुलोस्थित ‘स्याब पब्लिक स्कुल’ (सूर्योदय, आनन्द भूमि र ब्ल्यू स्काई)को संयुक्त आयोजनामा वृहत खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।
तीनैओटा विद्यालयका कक्षा नर्सरीदेखि तीनसम्म अध्ययनरत विद्यार्थी सहभागी कार्यक्रममा शनिबार मार्च पास, ड्रिल, एवम् अन्य आकर्षक प्रस्तुतिहरु समावेश थिए । खेलका फरक विधामा तीनओटै विद्यालयका विद्यार्थी सहभागी थिए ।
कार्यक्रममा शिक्षामन्त्रालयका प्रवक्ता हरि लम्सालका साथै फ्रान्सका पूर्व राजदूत मोहनकृष्ण श्रेष्ठको पनि उपस्थिति थियो । विद्यालयका नवनियुक्त प्रिन्सिपल मार्क वेवरले आर्कषक ढङ्गले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण उत्साहित देखिन्थे ।
कार्यक्रमको सुरुवातमै प्रस्तुत गरिएको मार्च पास कार्यक्रममा क्रमशः सूर्योदय, आनन्दभूमि र ब्ल्यू स्काई स्कुल प्रथम, द्धितीय र तृतीय स्थान हासिल गरे । स्वागत मन्तव्यका क्रममा बोल्नुहुँदै स्याबका प्रमुख कार्यकारी अध्यक्ष एवम् प्याव्सन केन्द्रीय कार्यसमितिका अध्यक्ष लक्ष्यबहादुर के.सी.ले खेल जीवनको अभिन्न अङ्ग रहेको बताउनुभयो ।
उहाँले शारीरिक मासिक एवम् अतिरिक्त व्यक्तित्व विकासका लागि विद्यालय तहदेखि राष्ट्रको झण्डा फहराउने खेलाडी उत्पादन गर्ने आफूहरुको अभिष्ट रहकेो बताउनुभयो ।
स्याव पब्लिक स्कुलका डाइरेक्टर एवम् मेघा बैंकका अध्यक्ष भोजबहादुर शाहले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
















प्रतिक्रिया