३० आश्विन २०८३, शुक्रबार

डिसीमा अमेरिका नेपाली सोसाइटीले मनाए महिला दिवस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahila– विजय थापा

वाशिंगटन डिसी । उत्तर अमेरिका कै नेपाली समुदायको सबैभन्दा जेष्ठ नेपाली सामाजिक संस्था अमेरिका नेपाली सोसाइटीले यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस विशेष शैलीमा आयोजना गरी नौलो उदाहरण प्रस्तुत गरेको छ ।

अमेरिका नेपाल महिला संघले आयोजना गर्दै आएता पनि यसपालि डिसी महानगर क्षेत्रको अग्रणी संस्था अमेरिका नेपाल सोसाइटीले उछिनेको छ ।

कार्यक्रममा संस्था कि यशोदा भण्डारीले सम्पन्न भएको कार्यक्रमको प्रकरणबारे मन्तब्य राखेकी थिइन् ।

मन्तब्य दिने क्रमममा मनासस शहरका परिषदका परिषद सदस्य मार्क टी एवेनीले महिला दिवसको शुभकामना दिदै अमेरिका अवसरको भूमि हो भने । उनले भने, १९५० मा मेरो आमाबुवा ईटालीबाट अमेरिका आएको र उनका सन्तान म आज यहाँ परिषद सदस्य भएको छु ।

Malउनले थप जानकारी दिदै विशेष गरी युवा वर्गलाई ठूलो मौका पाउने भन्दै यस्तो अवसर नेपाली समुदायले पनि पाउने बताए ।

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरुले महिला हक, अधिकार, थिचोमिचो, बिद्रोह, असन्तुष्टि व्यक्त नगरी यस क्षेत्रमा रहेका बिभिन्न पेसा, ब्यबसाय र जमेर बसेका महिलाहरुले अमेरिकामा आफूले भोगेका समस्या, अनुभव, अनुभूति, चुनौती, सामना गरिनु परेका कठिनाई, उपलब्धि आदि ईत्यादि विषयमा विचार प्रस्तुत गर्नुका साथै आफ्ना कुराहरु हिस्सा पनि गरेका थिए ।

महिला वक्ताहरुमा क्रमस माधवी बस्नेत कार्की, मंजु संग्रौला, बन्दिता दाहाल, ​प्रभा ​देउजा, मन्दिरा मैनाली, सरिता कट्टेल आचार्य, नीलु उप्रेती, कल्पना भण्डारी, सुनिता अमात्य, सबिना खनाल, अस्मिता अधिकारी ढकाल, प्रज्ञा अधिकारी, चारु मल्ल, अर्बिना श्रेष्ठले पनि धारणा राखेका थिए ।