काठमाडौं, २३ फागुन । कांग्रेस नेतृत्वका लागि सभापतिका तीनै प्रत्याशीले शनिवार राति अबेरसम्म चलायमान हुन सक्ने र अनिर्णीत मत आआफ्नो पक्षमा ल्याउने अन्तिम कसरत गरे ।
कांग्रेसका ३ हजार १ सय ६१ मतदातामध्ये करिब दश प्रतिशत मत अनिर्णीत र चलायमान हुने अनुमान छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
पार्टीमा यसपटक ५० प्रतिशतभन्दा बढी नयाँ अनुहारका प्रतिनिधि छन् । नयाँ प्रतिनिधि बढी आएकैले प्रत्याशीहरु ढुक्क हुने अवस्थामा छैनन् ।
कार्यबाहक सभापति रामचन्द्र पौडेल, बरिष्ठ नेता शेरवहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको प्यानल मध्यरातसम्मै मत तान्ने कसरतमा थिए ।
त्यस क्रममा प्रतिनिधिलाई भविष्यमा अवसर प्रदान गर्ने आश्वासनदेखि लिएर आर्थिक प्रभावमा पार्ने प्रयत्न समेत भएको हुन सक्ने कांग्रेसकै नेताहरुले बताए ।















प्रतिक्रिया