७ कार्तिक २०८३, शनिबार

यी हुन् जागिर बिक्री गर्ने गिरोहका सदस्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jailकाठमाडौं, २३ फागुन । राहत कोटाको शिक्षक दरबन्दीमा नियुक्ति दिलाउने भन्दै सर्वसाधारणलाई ठगी गर्ने गिरोहका सदस्य पक्राउ परेका छन् ।

नक्कली नियुक्तिपत्र र दरबन्दी अभिलेख बनाएर सर्वसाधारणबाट पैसा असुल्ने उनीहरुलार्इ बारा प्रहरीले समातेको नागरिक दैनिकले समाचार छापेको छ ।

सर्वसाधारणबाट पैसा असुल्न जिल्ला शिक्षा अधिकारीको किर्ते हस्ताक्षरमा नियुक्तिपत्र र शिक्षक दरबन्दीको अभिलेख बनाएर दिएको आरोपमा एक शिक्षकसहित दुईजनालाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

उक्त आरोपमा पक्राउ पर्नेमा करैयास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रधनाध्यापक उपेन्द्र साह तेली र उनका सहयोगी देवनारायण चौधरी रहेको प्रहरीले जनाएको छ ।

कोल्हबीका मुक्तिनारायण चौधरीले घरका सदस्यहरु भगवती, जितेन्द्र र उर्मिलालाई राहत कोटामा नियुक्त गर्न ९० हजार रुपैयाँ देवनारायणलाई लिएका थिए ।