७ कार्तिक २०८३, शनिबार

राजाले लगाउने श्रीपेच र राजदण्ड किन खोजियो ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-shreepech-crown-of-king-nepalकाठमाडौं, २३ फागुन । सरकारले नारायणहिटीको सैलुन कक्षमा नेपाली सेनाको कडा सुरक्षा घेरमभित्र राखिएको श्रीपेच प्रदर्शनीमा राख्ने तयारी गरेको छ ।

सोकेस तयार भएको तीन वर्षपछि संस्कृति मन्त्रालयले नेपाली सेना, नेपाल प्रहरी, नास्टलगायत निकायलाई पत्राचार गरी बुलेटप्रुफ सिसाको प्राविधिक परीक्षण नर्ग पत्राचार गरेको छ । नेपाल समाचार पत्र दैनिकले छापेको छ ।

संस्कृति मन्त्रालयका सचिव प्रेम राईले नेपाली सेनालगायतका सुरक्षा निकाय र प्राविधिक टोलीले निर्णय गरे आउँदो बैशाख १ गतेदेखि सर्वसाधारणका लागि श्रीपेच, राजदण्डलगायतका ऐतिहासिक सामग्री प्रदर्शनीमा राख्ने तयारी भएको बताए ।

तीन दिनअघि गृह मन्त्रालयका सचिव नारायणगोपाल मलेगो, संस्कृति मन्त्रालयका सचिव राई र रक्षा मन्त्रालयका सहसचिवसहितको उच्चस्तरीय टोलीले श्रीपेच राख्ने कक्षको अवलोकन गरेका थियो ।