१ कार्तिक २०८३, शनिबार

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

standing photo

काठमाडौं, २२ फागुन । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना हुने भएको छ ।

नेपालको पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापाको नेतृत्वमा स्थापना भएको नेपाल रिङ रेस्लिङ संघको आयोजनामा २०७३ साल बैशाख ०४ गतेदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुन लागेको हो ।

संघले शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा हुने ‘अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता’मा १३ देशका व्यवसायिक रेस्लिङ खेलाडीको सहभागिता रहने संघका महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार हङकङका बिटम्यान, अमेरिकाका बुफा, ताइवानका दी ता नी, चीनका चेन जियाङ, न्युजिल्यान्डका जेम्स राइदीम, जापानका कामिकाजे, बेलायतका सिन गुइनेस र सिंगापुरका दी युरासियन ड्रागनले सहभागिता पक्का गरिसकेका छन् ।

नेपालका तर्फबाट प्रतियोगितामा मिस्टर कोजु, कोब्रा र नुवाकोटे टाइगरले सहभागिता जनाउने भएका छन् । अन्य तीन देशका खेलाडीको दर्ता प्रक्रिया सुरु भइसकेको छ ।

प्रतियोगिताको आकर्षणका रुपमा दुई जापानी महिला रेस्लर को पनि सहभागिता रहनेछ । अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा प्रदर्शनी खेलका लागि जापानी महिला रेस्लरद्धय नानाई ताकाहाशी र सारीले सहभागिता जनाउने पक्का गरिसकेका छन् ।

यसैगरी नेपालको पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा र जापानका योशिसुकी नाकामुराले प्रतियोगिताका खेलहरु खेलाउनेछन् ।