२९ आश्विन २०८३, बिहिबार

प्रकाश कोइरालाको पत्रः सुजाता र संशाकलाई हराएमात्र वीपीको सम्मान हुन्छ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sasanka-koirala-sujata-koirala

प्रिय काँग्रेसका प्रतिनिधिहरु ! 

म आफै कोइराला बंशको हुँ । कोइरालाहरु अघि बढ्दा, कोइरालाहरुले देशको नेतृत्व गर्दा अनि कोइरालाहरु अग्रपंक्तिमा रहँदा म आफू कोइराला भएकोले गर्ब महसुस हुनु स्वाभाविक हो । म कोइराला भएकोले इतिहासमा नाम लेखाउन सफल पुरानो पुस्ताबाट कोइराला बंशश्रीहरु कृष्णप्रसाद कोइराला, मात्रिका कोइराला, बिपी कोइराला, धरणीधर कोइराला, नोना कोइराला अहिलेका पुस्तामा डाक्टर भगवान कोइराला, कमल कोइरालाप्रति सधै सम्मान प्रकट गर्दछु ।

तर, पुरानै पुस्ताका कोइरालाहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाप्रति मृत्‍युपश्चात पनि सम्मान गर्न यो मनले कहिलै मानेन । नयाँ पुस्ताका कोइरालाहरु सुजाता कोइराला, शसांक कोइराला, शेखर कोइराला र प्रकाश कोइराला पनि मेरो मनले चिन्न नचाहेका कोइराला बंशमा परे । हुँदाहुँदा कोइराला परिवारको बिरासत जोगाउने नाउँमा सभापतिमा उम्मेद्बारी दिने सुजाता कोइराला र महामन्त्रीका उम्मेदवार शसांक कोइरालाप्रति त घृणा जागेर आयो । प्रधानमन्त्रीको लागि आफ्नो अडानलाई बेच्ने सुजाता कोइराला र देश गणतन्त्रमय भैसक्दा पनि राजतन्त्रको वकालत गर्ने शसांक कोइरालाहरुले कांग्रेसको नेतृत्व गर्छु भनेर अगाडि बढ्छु भन्नु जोगीले महलको सपना देख्नु बराबर हो । यसकरण शसांक कोइरालालाई महामन्त्रीमा हराउनुभयो भने बिपीप्रतिको सच्चा श्रदान्जली हुनेछ । अब विरासतको भाग खोजेर होइन् क्षमताको राजनीति गर्न जरुरी छ । सुजाता र सशांक भन्दा कयौँ क्षमतावान जनताका छोराहरु काँग्रेसमा छन्, जसले देश र जनताको नेतृत्व गर्न सक्छ ।

Prakash-Koirala
लेखक

अन्त्यमा कांग्रेसको विरासतलाई जोगाइराख्न चाहने कांग्रेसीजनहरुमा अनुरोधसहित यदि कांग्रेसले आफ्नो बिरासत कायम राख्ने हो भने कुनै पनि हिच्किचाहट बिना शेरबहादुर देउवालाई यो पटक सभापति बनाउनुहोस ।

होइन भने

‘नेतृत्व दिनुस झापालाई, काम गर्न दिनुस थापालाई’

तर, हेर्दै श्राद्ध गर्न हिड्न लागेका जस्ता बाजेलाई चाँहि नेतृत्वबाट टाढा राख्नु होला, शुभकामना !

– प्रकाश कोइराला, युएइबाट