७ कार्तिक २०८३, शनिबार

सालनाल नझरेपछि भीमाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Garva mahilaगोरखा, २२ फागुन । बच्चा जन्माएको २४ घन्टासम्म पनि सालनाल नझरेर गोरखा केरौजा ३ उचेतकी भीमा गुरुङ गत शनिबार छट्पटाउँदै मरिन् । २२ वर्षीया भीमा उपचार नपाएरै मर्नु परेको स्थानीय सुकबहादुर गुरुङले जानकारी दिए ।

उनको बच्चा भने जिवितै रहेको स्थानीय शिक्षक सञ्जय ढकालले बताए ।

घरेलु उपचारको भरमा दिभरी पर्खेकी उनलाई अन्तिम अवस्था भएपछि एकदिनको बाटो बोकेर माछाखोला स्वास्थ्य चौकी लगिएको अन्न्पूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । तर बाटोमा नै मृत्यु भएको सुकबहादुरको भनाई छ ।

उनी भन्छन्–सुत्केरी हुन नसकेर हाम्रो दुर्गम ठाउँमा धेरै सुत्केरीले मर्नुपर्छ ।’ गाडी चल्ने ठाउँमा पुर्याउन गाउँबाट करिब दुई दिन हिँड्नु पर्ने उनको भनाई छ । ‘गाडी सोतीसम्म मात्र आइपुगेको छ, उनले भने,‘माथिका १० वटा गाविसमा बाटो छैन । गाडी चल्दैन ।’

काशीगाउँ, केरौंजा, उहिया, सिर्दिबास, बिही, प्रोक, ल्हो, सामागाउँ, चुम्चेत र घेकम्पार गाविसमा अहिलेसम्म सडक पुगेको छैन ।