१५ कार्तिक २०८३, आइतबार

संविधानले सबै समुदायको अधिकार स्थापित गरेको छः नेता विष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gokrna-Bista– अनिल खत्री
गुल्मी, २१ फागुन । नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण विष्टले नेपाली जनताले संविधान सभामार्फत निर्माण गरेको नयाँ संविधानले सबै वर्ग तथा समुदायको अधिकार स्थापित गरेको बताउनु भएको छ ।

एमाले अर्लाङ्कोट गाउँ कमिटी गुल्मीको पाँचौ अधिवेशनको उद्घाटन गर्दै पूर्व उर्जामन्त्री समेत रहनुभएका विष्टले नयाँ संविधानको कार्यान्वयन गर्दै देशलाई सम्वृद्धितर्फ लैजानुपर्ने बताउनुभयो ।

अबको राजनीतिक यात्रा आर्थिक सम्बृद्धिको हुने भन्दै त्यसको अगुवाई एमालेले गर्ने दावी पनि गर्नुभयो । आफू गुल्मी क्षेत्र नं. ३ को सांसद भएपनि जिल्लाको समानुपातिक विकासको लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता विष्टको थियो ।

कार्यक्रममा वोल्दै नेकपा एमाले धौलागिरि अञ्चल सदस्य एवं पूर्व राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य इन्द्रलाल सापकोटाले देशलाई आत्मनिर्भर वनाउन सम्पूर्ण नेपाली जुट्नुपर्ने बताउनुभयो । सापकोटाले इतिहासका कालखण्डमा भारतले हस्तक्षप गर्ने गरेको प्रसंग उठाउँदै त्यसको अन्त्य आत्मनिर्भरतावाट मात्रै सम्भव हुने बताउनुभयो ।

कार्यक्रममा विभिन्न दल परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्ने नव आगन्तुक कार्यकर्तालाई एमाले सचिव विष्टले टिका लगाई स्वागत गर्नुभएको थियो ।