१ कार्तिक २०८३, आइतबार

राजस्व अनुसन्धान एकाइद्वारा छापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajasoमोरङ, २१ फागुन । मोरङको हात्तीमुढामा अवस्थित कोसी पेट्रोकेमिकल्स र फुजिमा आयलको कार्यालयमा राजस्व अनुसन्धान एकाइ कार्यालय इटहरीले बिहीबार छापा मारेको छ ।

राजस्व अनुसन्धान इटहरीका अधिकृत भीम घिमिरेको नेतृत्वको टोलीसहित अख्तियारका प्रहरी नायब उपरीक्षक रमेश बस्नेत, प्रहरी निरीक्षक होम अधिकारीलगायतको टोलीले छापा मारी कागजात नियन्त्रणमा लिएको थियो ।

राजस्व अनुसन्धान एकाइ कार्यालय पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीका प्रमुख गौरीशङ्कर उपाध्यायका अनुसार फर्निस आयल र बेस आयल भन्दै डिजेल मगाएर बिक्री गरी राजस्व छली गरेको आशङ्कामा सो उद्योगहरुमा छापा मारिएको हो । उहाँले भन्नुभयो – “कोसी पेट्रोकेमिकल्स र फुजिमा आयलको विषयमा उपभोक्ताको गुनासो आएपछि छापा मारेका हौँ ।”

कोसी पेट्रोकेमिकल्स र फुजिमा आयलको कागजात हेरेर अनुसन्धान भइरहेको राजस्व अनुसन्धान एकाइ कार्यालय पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीका प्रमुख उपाध्यायले बताउनुभयो । रासस