१५ कार्तिक २०८३, आइतबार

महाधिवेशन-उम्मेदवारी मनोनयन दर्ता सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-flagकाठमाडौँ, २० फागुन । नेपाली काँग्रेसको १३औँ महाधिवेशनको उम्मेदवार मनोनयन दर्ता सुरु भएको छ ।

पार्टी मुख्यालय सानेपामा आज बिहान ८ बजेदेखि सुरु भएको मनोनयन दर्ता दिँउसो १ बजेसम्म विभिन्न पदमा ६२ उम्मेदवारको उम्मेदवारी परेको निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

दर्ता भएकामध्ये खुल्ला केन्द्रीय सदस्यमा २२, केन्द्रीय सदस्य महिला आरक्षण नौ, प्रदेश सदस्य १४, दलित एक, दलित आरक्षण एक, मुस्लिम एक, आदिवासी÷जनजाति नौ, मधेसी आरक्षण पाँचजनाको उम्मेदवारी परेको छ । अहिलेसम्म पदाधिकारीमा भने कुनै उम्मेदवारी परेको छैन । मनोनयन दर्ता फागुन २१ गते बिहान १२ बजेसम्म रहेकाले मनोनयन जारी रहेको घिमिरेले बताउनुभयो ।

मनोनयन दर्ताका लागि सभापति पदका लागि रु २० हजार, महामन्त्रीका लागि रु १५ हजार, कोषाध्यक्षका लागि रु १५ हजार र सदस्यका लागि रु पाँच हजार ५०० शुल्क तोकिएको छ । रासस