३१ आश्विन २०८३, शनिबार

कांग्रेस महाधिवेशबारे दिपकराजले मुख खोले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deepak-raj-giri

काठमाडौं । चर्चित हास्य कलाकार दिपकराज गिरीले नेपाली कांग्रेसको महाधिवेशनबारे नयाँ टिप्पणी गरेका छन् ।

उनले ‘प्रधानमन्त्री पद पावरफुल कि सभापति’ भन्दै नेताहरुलाई प्रश्न समेत गरेका छन् । आफ्ना कुरा सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने दिपकले विहीबार फेसबुकमार्फत ‘कति हाँस्नु, यी कांग्रेसीहरुले नी आफैं हँसाउछन्’ भन्दै व्यंग्य समेत गरेका छन् ।

‘महाधिवेशनमा आफूलाई सहयोग गरे रामचन्द्र पौडेलले सुजातालाई प्रधानमन्त्री बनाउने रे’ भन्दै उनले ‘प्रधानमन्त्री पदमा १७ पटक हारेर रेकर्ड कायम गरेका रामचन्द्रले सुजातालाई प्रधानमन्त्री बनाउने रे’ भन्दै फेसबुकमा लेखेका छन् ।’

उनले अगाडि लेखेका छन्, ‘पटक–पटक प्रधानमन्त्री जित्दा केही गर्न नसक्ने शेरबहादुरले सभापति जित्दा चाहिँ के गर्ने ?’