गोरखा, २० फागुन । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको धम्कीपूर्ण भाषणपछि गोरखाका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमको सरुवा भएको छ ।
उनी आएको डेढमहिनामात्रै भएको थियो । दाहाल गत शनिबार गोरखा आएका थिए ।
स्रोतका अनुसार आउँदा सिडिओ डिएसपीले आतिथ्य नगरेको भन्दै दाहाले प्रशिक्षणमा कार्यकर्तासँग असन्तुष्टि जनाएका थिए भने घुमाउरो पारामा सरुवा गर्ने चेतावनी दिएका थिए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।















प्रतिक्रिया