३१ आश्विन २०८३, शनिबार

करिश्मालाई बाबुरामसँग ‘सल्किएको’ भन्ने प्रचण्डलाई माफी माग्न लगाइयो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Karishmaकाठमाडौं । नयाँ शक्ति नेपाल महिला विभागले प्रचण्ड र आङकाजीले करिष्मा मानन्धरमाथि राजनीतिक हिंसा गरेको भन्दै खेद प्रकट गरेको छ ।

विभागले बुधबार एक विज्ञप्ति निकाल्दै भनेको छ, ‘नेपाली कलाकारिता क्षेत्रकी सदावहार नायिका तथा नयाँ शक्ति, नेपालकी केन्द्रीय परिषद सदस्य करिष्मा मानन्धरलाई जोडेर एमाओवादी अध्यक्ष प्रचण्ड र जनजाति नेता आङकाजी शेर्पाले दिएको अराजनीतिक र गैरजिम्मेवार अभिव्यक्तिप्रति नयाँ शक्ति, नेपाल महिला विभागको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विभागकी संयोजक कल्पना धमलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा अगाडि भनिएको छ, ‘राजनीतिमा लाग्न पाउने संवैधानिक अधिकार उपयोग गर्दै नयाँ शक्ति नेपालमा लामबद्ध हुनुभएकी सम्मानित व्यक्तित्वमाथि कुनै राजनीतिक टिकाटिप्पणी गर्ने आधार नभेटेपछि नितान्त व्यक्तिगत चरित्रमाथि गरिएको प्रहारलाई हामी महिलामाथि गरिएको राजनीतिक हिंसा ठान्दछौं ।’

केही समयअघि एमाओवादी अध्यक्ष प्रचण्डले करिष्मा र बाबुरामलाई जोडेर अभिव्यक्ति दिएका थिए भने जनजाति नेता आङकाजी शेर्पाले फेसबुक स्टाटसमा यस्तै आशयको सन्देश लेखेका थिए ।

‘पूर्वप्रधानमन्त्री तथा राजनीतिक दलको शीर्ष नेतृत्वद्वारा कुनै महिलामाथि गरिएको चरित्रहिन, अनैतिक र अराजनीतिक टिप्पणीप्रति हामी खेद व्यक्त गर्दछौं,’ प्रचण्डलाई सार्वजनिकरुपमा माफी माग्न अपिल गरिएको वक्तव्यमा अगाडि भनिएको छ, ‘नयाँ शक्ति, नेपाल महिला विभाग सम्बन्धित व्यक्तिहरुलाई तत्काल सार्वजनिक माफी माग्दै गल्ती सच्याएर राजनीतिक संस्कार देखाउन अपिल गर्दछौं ।’

Naya-shakti-Mahila-Bibhag