१५ कार्तिक २०८३, आइतबार

दाङमा २० जुवाडे पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pakrauदाङ, १९ फागुन । इलाका प्रहरी कार्यालय तुलसीपुरले आज २० जना जूवाडे पक्राउ गरेको छ ।

तुलसीपुरको वेलकम रेष्टुरेन्टमा जूवा खेलिरहेको अवस्थामा व्यवसायीसहित २० जना जूवाडेलाई प्रहरीले पक्राउ गरेको हो । जूवाडेका साथबाट दुई लाख ५० हजार रूपैयाँ समेत बरामद गरेको इप्रका तुलसीपुरका प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिनुभयो ।

उहाँले जूवाडेलाई जूवा एैन बमोजिम कार्वाही गरिने बताउनुभयो । प्रहरी स्रोतका अनुसार राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरले इप्रकाका डिएसपी कृष्णप्रसाद प्रसाईं बिदामा बसेका बेला जूवाको खालमा छापा हान्न निर्देशन दिएपछि इप्रकाले छापा हानेर २० जनालाई नियन्त्रणमा लिएको हो ।