
काठमाडौं, १९ फागुन । वैदेशिक रोगजारीका नाममा ठगी गर्ने मेनपावर कम्पनीमाथि कारवाही गरेको महानगरीय प्रहरी अपराध महाशाखाले ठग कन्सल्टेन्सीमाथि पनि कारवाही जारी राखेको छ ।
यसैक्रममा पढ्न विदेश पठाएर अलपत्र पार्ने एक ठग कन्सल्टेन्सी सञ्चालकलाई बुधबार महाशाखाको प्रहरीले टोलीले पक्राउ गरेको छ ।
महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले लमजुङ घर भई काठमाडौं बागबजारमा इमिग्रेन्ट कन्सल्टेन्सी प्रालि नाम गरेको कन्सल्टेन्सी चलाइ ठगी गर्ने २२ वर्षीय सुजन लम्साल र पाल्पा रामपुर २ घर भएका २१ वर्षीय प्रमोद घिमिरेलाई पक्राउ गरी बुधबार सार्वजनिक गरिएको हो ।
उनीहरुले बैदेशिक रोजगारीको लागि रसियामा पठाई दिन्छु भनि लमजुङ बेशिसहरका २७ वर्षीय विष्णुहरी अधिकारीबाट ५ लाख, २४ वर्षीय राजेश अधिकारीबाट ५ लाख र २२ वर्षीय साधुराम बसेलबाट १ लाख ५० हजार गरी कुल ११ लाख ५० हजार रकम लिएर रसिया नपठाई ठगेर फरार भएका थिए ।
पीडितको उजुरीपछि उनीहरुलाई पक्राउ गरिएको खनालले बताए । एसएसपी खनालले केही समयअघि राजधानीका अधिकांश कन्सल्टेन्सीमा छापा हानेका थिए ।
यस्तो छ घटना विवरण:
जिल्ला लम्जुङ्ग चन्द्रेश्वर गा.वि.स.वडा नं.२ घर भएका बर्ष २२ का सुजन लम्साल र जिल्ला पाल्पा रामपुर २ घर हुने बर्ष २१ का प्रमोद घिमिरेले का.जि. बागबजारमा रहेको इमिग्रेन्ट कन्सल्टेन्सी प्रा.लि.नाम गरेको कन्सल्टेन्सी खोली बैदेशिक रोजगारीको लागि रसियामा पठाई दिन्छु भनि जिल्ला लम्जुङ्ग बेशिसहर न.पा.२ घर बस्ने बर्ष २७ को विष्णु हरी अधिकारी संग रु ५ लाख सोही जिल्ला वडा नं.१ बस्ने बर्ष २४ को राजेश अधिकारी संग रु ५ लाख र जिल्ला लम्जुङ्ग दुराडाँडा वडा नं.६ घर भएका बर्ष २२ का साधुराम बसेल संग १ लाख ५० हजार गरी जम्मा ११ लाख ५० हजार रकम लिई रसिया नपठाई ठगी गरी फरार भएको भनि यस अपराध महाशाखामा पीडितहरु आई निवेदन दिएकोमा यस महाशाखाको विशेष टोली खटि गई निजहरुलाई पक्राउ गरी ल्याएकोमा यस महाशाखाबाट प्रारम्भिक अनुसन्धान गर्दा निजहरुले विद्यार्थीहरुबाट डकुमेन्ट जम्मा गरी ठुलो रकम लिई मेनपावर मार्फत विदेश पठाउने गरेको बुझिन आएकोले सो विषयमा समेत अनुसन्धान जारी राखी कन्सल्टेन्सीबाट बरामद हुन आएको राहदानी थान–१९ र विभिन्न डकुमेन्ट सहित निजहरुलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको छ ।












प्रतिक्रिया