दोलखा, १९ फागुन । एमाले निकट युवा संघ नेपालले आफ्नो पुनर्निर्माण अभियान दोलखाबाट ब्युताएको छ ।
वैशाख १२ को विनाशकारी भूकम्पपछि प्रभावित जिल्ला दोलखाबाट पुनर्निर्माणको थालनी गरेको संघले बुधबारदेखि फेरि सुरु गरेको हो ।
बुधबार युवा संघ नेपाल शाखा जिरी नगरपालिकाको नगर अधिवेशनको उदघाटन गर्दै युवा संघका अध्यक्ष राजीव पहारीले पुनर्निर्माण अभियानमा युवा संघले एक लाख युवा खटाउने बताए । उनले भने– हामीले राष्ट्रियताको आन्दोलनमा सफलता हात पारेका छौं । अब पुनर्निर्माण अभियानमा लाग्छौं । दोलाखाबाट फेरि हाम्रो अभियान सुरु भएको छ । म समृद्ध नेपालका निम्ति सम्पूर्ण युवाहरुलाई गोलबद्ध हुन आव्हान गर्दछु ।’
अधिवेशनमा एमाले केन्द्रीय सदस्य पार्वत गुरुङ, युवा संघका उपाध्यक्ष रमेश पौडेल, सचिवद्धय माधव बास्तोला, बचनबहादुर सिंहले युवा शक्तिलाई पुनर्निर्माणमा परिचालन गर्न सरकारबाट पनि पहल हुनुपर्नेमा जोड दिएका थिए ।
यसैगरी युवा संघले नेपाल सरकारले युवा परिषदको उपाध्यक्षमा माधव ढुंगेल नियुक्त गरेको निर्णयको स्वागत गर्दै सहकार्य गर्न सहज हुने विश्वास गरेको छ ।












प्रतिक्रिया