
भैरहवा, १९ फागुन । रगतको अभावले जोखिममा परेका विरामीको उद्धार गरी नयाँ जीवन दिनका लागि भैरहवा युवाले सामुहिक रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र र नेत्र ज्योति संघ लुम्विनी रण अम्विका आँखा अस्पतालको प्राविधीक सहयोग र दलित अधिकार मञ्चद्धारा बुधवार भैरहवामा आयोजित रक्तदान, आँखा एवं स्वास्थ्य परिक्षण शिविरमा युवाहरुको भिड् बढेको हो ।
स्वस्थ्य मानिसलाई रक्तदान गर्न र मरोणपरान्त आखा दान गरी पुन्य जीवन दान गर्न पचार शिविरका सहभागीले जोडदिएका थिए ।
शिविरमा रगक्तदान गर्न उत्साहित भई तछाडमछाड गरेका केही युवा रगतदानबाट वञ्चित भए । अधिकांश युवाहरुको प्रेसर हाई, केहिको प्रेसर लो, कतिपयमा मधुमेह, जन्डीसगायतका रोग देखिएका उनीहरुको रगत ननिकालेको नेपाल रेडक्रस सोसाईटीका कर्मचारी हरिप्रसाद सापकोटाले जानकारीदिए ।
मानव सेवाको पवित्र कार्यमा रक्तदान र आँखा दानले मानिसलाई पुर्नजीवन दिने सभासद सिमा कुमारी विश्वकर्मा कौशलले बताईन ।
रगतदानमा कुनै भेदभाव नभएको जुनसुकै विरामीले पनि प्रयोग गर्नसक्ने हुदा यसले जातीय एवं छुवाछुत प्रथाको अन्त्य गर्न र नयाजीवन प्राप्तीका लागि रक्तदानको अत्यन्तै ठूलो महत्व भएको सिद्धार्थनगरका पूर्व नगरप्रमुख एवं नेत्रज्योति संघका अध्यक्ष सागरप्रताप राणाले बताए ।
रक्तदान ३२ जाना ९० जनाले आँखा परिक्षण गराएको ३ जनालाई मोती बिन्दु को अपरेशन का लागी सिफरिस २ जनालाई जलबिन्दु को शंका तथा २० जना मा दृष्टी दोष भेटिएको थियो ।












प्रतिक्रिया