३१ आश्विन २०८३, शनिबार

धुर्मुस सुन्तलीको नयाँ अवतार, पञ्चरत्ने र पार्बती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhurmus Suntali cover

काठमाडौं । हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) नयाँ रुप सार्वजनी भएको छ ।

सर्ट मुभि ज्योतिमा पञ्चरत्ने र पार्बतीको भूमीकामा उनीहरुको नयाँ रुप देखिएको हो । बालमैत्री समाजको महत्व र आवश्यकता औँल्याउने सर्ट मुभि ज्योतिको अहिले देशकै पहिलो बालमैत्री नगरपालिकाको रुपमा चिनिएको नवलपरासीको सुनवल नगरपालिकामा छायाँकन भइरहेको छ । भविष्यमा देश हाँक्ने मेरुदण्ड बालबालिकालाई समाजका हरेक काममा सहभागि गराउनु पर्नेमा यस चलचित्रले जोड दिने निर्देशक सिताराम कट्टेलले बताएका छन् ।

बालमैत्री समाजले देश विकासमा ठूलो टेवा पुग्ने भएकाले त्यसका लागि जनचेतना जगाउनका लागि सर्ट मुभि ज्योति निर्माण गरिएको उनको भनाई छ । साना बालबालिकालाई नपत्याउने र नेतृत्व गर्नका लागि केस पाक्नै पर्छ भन्ने मानसिकता परिर्वतनमा ज्योतिले सहयोग गर्ने उनीहरुको विश्वास छ । चलचित्रले दर्शकलाई हँसाउनुको साथै कतिपय ठाउँमा रुवाउने खालको कथा रहेको सुन्तलीले बताएकी छिन् । यस सर्ट मुभिको कथा सिताराम कट्टेल र दिपक आचार्यले लेखेका हुन् भने पटककथा संवाद पनि आचार्यकै रहेको छ ।

सर्ट मुभि ज्योतिमा धुर्मुस सुन्तलीसँगै संगम विष्ट मुख्य पात्रको रुपमा देखिने छिन् । यस्तै, यमन श्रेष्ठ, दिपक आचार्य, अविरल अधिकारी, सुरेश थापा (दर्शने), जानुका पौडेल केसी, सुरविर पण्डित (दारी बा), विपना शर्मा साथै नवलपरासीको सुसेली समूहका कलाकारको अभिनय छ ।