काठमाडौं, १९ फागुन । १३ औं महाधिवेशनको पाँच दिनमा नेपाली कांग्रेसले दुई करोड खर्चने भएको छ ।
यो पैसा मात्र आवास र भोजनका लागि हुनेछ । महाधिवेशनमा भाग लिन आएका प्रतिनिधीका लागि विहीबारबाट पाँच दिनका लागि आवास तथा भोजनको व्यवस्था गर्दा कांग्रेसले दुई करोड गुमाएको हो ।
बुधबार पत्रकार सम्मेलन गरी कांग्रेसले ‘१ व्यक्ति १ विस्तरा’ नारासहित देशभरीका ३ हजार पाँच सय प्रतिनिधीका लागि भोजन र आवासको व्यवस्था गरेको जनाएको छ ।
जसअन्तर्गत राजधानीको गौशाला, बागबजार, सुन्धारा र ठमेलका १२७ होटलहरु बुक गरिएको छ । ती होटलका १२४१ कोठामा महाधिवेशन प्रतिनिधी बस्नेछन् ।
‘१ व्यक्ति १ विस्तरा’ अन्तर्गत होटलमा ३ हजार २९७ वेड उपलब्ध हुनेछन् । पाँच दिनका लागि बुकिङ गरिएका होटलमा भोजन र आवास गरी २ करोड भन्दा बढी खर्च लाग्ने कांग्रेसको आवास तथा भोजन समितिले जनाएको छ ।
भोजनका १ करोड तथा आवासमा १ करोड दुई लाख खर्च हुनेछ ।















प्रतिक्रिया