
– झलक पाली
डोटी, १९ फागुन । यहि फाल्गुन २१ देखि ३० गतेसम्म डोटीको दिपायलमा लाग्ने ‘सुदूरपश्चिम क्षेत्रीय महोत्सव २०७२’ मा विभिन्न कलाकारहरुको बेजोड प्रस्तुती लाग्ने भएको छ ।
डोटी उद्योग वाणिज्य संघको आयोजनामा लाग्न गईरहेको महोत्सवमा विभिन्न विधाका चर्चीत राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने कलाकार व्यवस्थापन संयोजक दिपक खड्काले बताए ।
जस अन्तरगत डेउडा गायकतर्फ नरेन्द्रराज रेग्मी, भोजराज भट्ट, दिपेन्द्रप्रसाद दाहाल, सुरत रावत ‘डोटेली कान्छा’, लालबहादुर धामी, संगिता शाह, केशव फुलारा, राधा फुलारा, पूर्ण संगम जेठारा, बबिता धामी लगाएत रहेका छन् । त्यस्तै लोक तथा डेउडा गायनतर्फ सौगात ओझा, सूर्य विरही साउँद, टंक तिमिल्सिना, कल्पना बि.सी., चक्र बम, प्रेम नेपाली लगाएतका कलाकारहरु रहेका छन् ।
त्यस्तै लोक तथा दोहोरी गायनतर्फ चर्चित गायक रामजी खाँड, बद्रि पंगेनी, खुमन अधिकारी मिलन लामा, चर्चित गायिका टिका पुन, नविन पौडेल, लिला बास्कोटा लगाएतका कलाकारहरुले दर्शकहरुमा मनोरञ्जन दिलाउने छन् ।
त्यस्तै आधुनिक गायनतर्फ प्रमोद खरेल, रामचन्द्र काफ्ले, जुनु रिजाल तथा पप गायक तिलक बम मल्ल लगाएतका कलाकारहरु छन् ।
त्यस्तै विभिन्न टेलिश्रृङ्खलाका हास्य कलाकारहरु राता मकै, जिग्री पाडे सोल्टा, मुखमा हान्ना जस्तो, पण्डित बाजे, मनिष खड्का लगाएतले भरपूर मनोरञ्चन दिलाउने छन् ।
यसैगरि नृत्यतर्फ आईटम डान्सर संगिता लामा, सालु गौतम लगाएतका कलाकारहरुका प्रस्तुती रहने छन् भने स्थानीय कलाकार कमल वलीको दोहोरी टिमका साथै अन्य विभिन्न कलाकारहरुका साँस्कृतिक प्रस्तुतीहरु रहने जनाईएको छ ।
महोत्सवको सम्पूर्ण तयारी अन्तिम चरण पुगेको आयोजक डोटी उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सवको तयारीबारे विस्तृत जानकारी दिन र सुझाव सल्लाहका लागि फाल्गुन १९ गते बुधबार दिउँसो पत्रकार सम्मेलनको पनि आयोजना गरिएको छ ।















प्रतिक्रिया