३१ आश्विन २०८३, शनिबार

दिपायलमा कलाकारहरूको जमघट हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tika-Pun-sexy-singer-nepali– झलक पाली

डोटी । यहि फागुन २१ देखि ३० गतेसम्म डोटीको दिपायलमा लाग्ने ‘सुदूरपश्चिम क्षेत्रीय महोत्सव २०७२’ मा विभिन्न कलाकारहरुको बेजोड प्रस्तुति हुन् भएको छ ।

डोटी उद्योग वाणिज्य संघको आयोजनामा हुन गइरहेको महोत्सवमा विभिन्न विधाका चर्चित राष्ट्रिय र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने कलाकार व्यवस्थापन संयोजक दीपक खड्काले बताए ।

डेउडा गायक नरेन्द्रराज रेग्मी, भोजराज भट्ट, दीपेन्द्रप्रसाद दाहाल, सुरत रावत ‘डोटेली कान्छा’, लालबहादुर धामी, संगीता शाह, केशव फुलारा, राधा फुलारा, पूर्ण संगम जेठारा, बबिता धामी लगायतले आआफ्ना प्रस्तुति राखने छन् ।

लोक तथा डेउडा गायनतर्फ सौगात ओझा, सूर्य विरही साउँद, टंक तिमिल्सिना, कल्पना बि.सी., चक्र बम, प्रेम नेपाली लगायतका कलाकारहरुले पनि प्रस्तुति दिने जनाइएको छ ।

त्यस्तै लोक तथा दोहोरी गायनतर्फ चर्चित गायक रामजी खाँड, बद्री पंगेनी, खुमन अधिकारी, मिलन लामा, टीका पुन, नवीन पौडेल, लीला बास्कोटा लगायतका कलाकारहरुले दर्शकहरुमा मनोरञ्जन दिलाउने छन् ।

आधुनिक गायनतर्फ प्रमोद खरेल, रामचन्द्र काफ्ले, जुनु रिजाल तथा पप गायक तिलक बम मल्ल लगाएतका कलाकारहरु छन् ।

विभिन्न टेलिश्रृङ्खलाका हास्य कलाकारहरु राता मकै, जिग्री पाडे सोल्टा, मुखमा हान्ना जस्तो, पण्डित बाजे, मनिष खड्का लगाएतले भरपूर मनोरञ्चन दिलाउने छन् ।

यसैगरी नृत्यतर्फ आईटम डान्सर संगीता लामा, सालु गौतम लगायतका कलाकारहरुका प्रस्तुति रहने छन् । स्थानीय कलाकार कमल वलीको दोहोरी टिमका साथै अन्य विभिन्न कलाकारहरुका साँस्कृतिक प्रस्तुतीहरु रहने जनाइएको छ ।

महोत्सवको सम्पूर्ण तयारी अन्तिम चरण पुगेको आयोजक डोटी उद्योग वाणिज्य संघले जनाएको छ ।