७ कार्तिक २०८३, शनिबार

कांग्रेस यसरी आउँदैछ हिन्दू राष्ट्रको पक्षमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congressकाठमाडौं, १९ फागुन । कांग्रेसका केही नेताहरुले पार्टीको मूल नीति बनाउने सबैभन्दा उच्च निकाय महाधिवेशनमा भर्खरै जारी संविधानका मूख्य विषयमध्ये धर्म निरपेक्षतामा पुनः छलफल गर्नुपर्ने बताएका छन् ।

उनीहरुले पार्टीभित्र एउटा समूहले धर्म निरपेक्षता हटाउन संविधानसभाभित्र र बाहिर पनि वकालत गर्दै आएको परिस्थितिमा त्यसको औपचारिक निर्णय महाधिवेशनबाट गर्नु पर्ने धारणा राख्न थालेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

कांग्रेस पूर्वसहमहामन्त्री गोबिन्दराज जोशीले संविधानमा समेटिएका मूख्य विषयहरुमा महाधिवेशनमा छलफल हुनु पर्ने बताए ।

‘संविधानमा समेतिएका प्रदेशहरुको सीमांकन, धर्म निरपेक्षता लगायतका विषयमा महाधिवेशनमा छलफल हुनुपछर्ट, जोशीले भने,‘तर महाधिवेशन नीतिभन्दा नेता छान्न थलो हुने भएकाले त्यो सम्भावना देखिँदैन ।’

कांग्रेस नेता शशांक कोइरालाले गणतन्त्र, संघीयता र धर्म निरपेक्षतामा परिआए पछाडि पनि फर्कन तयार हुनु पर्ने धारणा सार्वजनिक गरे लगत्तै कांग्रेसभित्र धर्म निरपेक्षता हटाउनु पर्ने विषयले प्रवेश पाउन थालेको छ ।

तर महाधिवेशनमा पार्टीले आगामी पाँच वर्षका लागि तयार गरेको नीति तथा कार्यक्रम र महामन्त्रीको प्रतिवेदनमा ती विषयले प्रवेश पाएका छैनन् ।

कांग्रेस नेता खुमबहादुर खड्का, जोशी, लक्ष्मण घिमिरे, तारानाथ रानाभाट लगायतको एउटा समूह धर्म निरपेक्षता हटाउन संविधान घोषणअघि महाअभियान सुरु गरेको थियो ।

तर उनीहरुको पार्टीको केन्द्रीय समितिमा आवाज चर्को हुन नसकेपछि ती विषयमा कांग्रेस टसमस भएको थिएन ।