७ कार्तिक २०८३, शनिबार

रक्सी र ३५ सयका कारण यसरी भयो मालिकको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kanchanpur-Hatyakandaकञ्चनपुर, १९ फागुन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले होटल व्यवसायी दामोदर अवस्थीको हत्यामा संलग्न चार युवकलाई सार्वजनिक गरेको छ ।

प्रहरी कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर हत्या आरोपी चारै युवकलाई सार्वजनिक गरेको समाचार राजधानी दैनिकले छापेको छ ।

सार्वजनिक गरिएकामा झलारी–पिपलाडी नगरपालिका ११ का १८ वर्षीय सुरज साउद,१८ वर्षकै इन्द्रदेव भट्ट, १९ वर्षीय प्रदिप महरा र १८ वर्षीय कृष्णसिंह साउद रहेका छन् ।

उनीहरुले अवस्थीको घाँटी रेटेर हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान कलुवापुर बजारस्थित न्यु बैतडी होटल एण्ड रेष्टुरेन्टका सञ्चालक ४० वर्षीय अवस्थीको शव होटलभित्रै फेला परेको थियो ।

कञ्चनपुरका प्रहरी नायव उपरीक्षक केदार खनालले ३५ सय रुपैयाँका लागि मदिराको नशामा लट्ठीएका युवकले अवस्थीको हत्या गरेका बताए ।

उनका अनुसार आइतबार राति होटल व्यवसायी अवस्थीसँगै बसेर मदिरा सेवन गरेका युवा मदिराको नशामा लट्ठीएपछि अवस्थीको हत्या गरेर काउन्टरबाट रुपैयाँ लुटेर फरार भएका थिए ।