३० आश्विन २०८३, शुक्रबार

स्पेनबाट आमा सम्झदै शिवाकोटी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Siwakoti

बार्सिलोना। बार्सिलोना निवासी पछिल्लो समय निकै नै चर्चामा रहेका नव गायक तुलसी सिवाकोटी फेरी आफ्नो नयाँ गीत लिएर आएका छन । सिवाकोटीको अन्य गीतको लोकप्रियता सगै फेरी नयाँ गीत लिएर आउन हौसला प्राप्त भएको उनि बताउछन ।

स्पेनमा रहेर गायन क्षेत्रमा सक्रिय रहेका नवगायक शिवाकोटी मुहार नामक एल्बम लिएर स्रोतामाझ आएका हुन् । आफ्नो आमाबाट टाढा रहनु पर्दाको पिडा र विदेशमा रहँदा आउने आफ्नो देशको सम्झनालाई उनले भावनात्मक रुपमा प्रस्तुत गरेका छन्

प्रवासमा रहेका नेपालीहरुले आफ्नो गाउँ घर तथा मातृभूमिको सम्झना र कल्पनाको शब्द संयोजन गरिएको यस गीतका गीतकार रोजी लाबुंग राइ तथा संगीतकार बिनोद बराइली रहेका छन ।

तुलसी सिवाकोटीको स्वर रहेको उक्त गीतमा विभिन्न देशहरुमा प्रवासी जिवन बिताउन पुगेका नेपालीहरुलाई नेपाल आमाको माया दर्साउन खोजिएको छ । छोराछोरीको मायाले आमाले घर बोलाउँदा पनि बाध्यताले घर आउन नपाएको नेपालीहरुको पीडा समेटिएको शिवाकोटी बताउँछन् ।

ग्राम सापकोटाको निर्देशन रहेको उक्त म्यूजिक भिडियो उमारण क्रिएशनले ल्याएको हो ।

https://www.youtube.com/watch?v=lDMnoqi_thc