२९ आश्विन २०८३, बिहिबार

महिला हिंसा सामाजिक क्रुरताको अर्को पाटो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

niru-thapaमहिला हिंसाका घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रम भइरहेका छन् । महिला हिंसा हटाउन र समतामूलक समाज निर्माणका लागि भन्दै राज्यले पनि वर्षेनी अर्बौ रुपैयाँ खर्च गरिरहेको छ । दातृ निकायलेसमेत यसैका लागि सहयोग गररहेका छन् । तर महिला हिंसाका घटनामा कमी आएको छैन । नेपाली समाजमा यस्ता हिंसाका घटना दिनदिनै बढ्दै गएका छन् । लाग्छ पुरुष जातिले नारी हिंसा उन्मुलन अभियानलाई बेवास्ता गर्दा नारीमाथि शोषण भइरहेको छ । महिलामाथि हुने बलात्कार, हत्या, शारीरिक र मानसिक यातनाले आज समाजलाई स्तब्ध बनाइरहेको छ । महिला हिंसाका घटनाले समाजमा क्रुरता र शोषणको विभत्स रुप लिँदै गएको देखिन्छ । पहिले पहिले महिलाको संसार र कार्यक्षेत्र घरभित्रै सिमित पारिन्थ्यो । तर आधुनिकता समाज र चेतनाको विकाससँगै अधिकांश महिला हरेक क्षेत्रमा अगाडि बढि रहेका छन् । सफलता पनि हासिल गरिरहेका छन् । महिला जति उन्नतितर्फ अग्रसर हुँदै छन् त्यति नै पुरुषको अत्याचार पनि वृद्धि हुँदै गएको देखिन्छ र महिलामाथि हुने हिंसा बढिरहेको पाइन्छ । महिलालाई हेर्ने पुरुषको दृष्टिकोणमा अझै परिवर्तन हुन सकेको छैन् । यद्यपी महिला शोषणका विषयमा प्रायः समाजमा एउटै मनोवृत्ति पाइन्छ ।

महिला हिंसाले समाजमा द-हो जरा गाडेको छ । एतिहासिककालदेखि आजको नवयुगसम्म मानव जातिले प्रगति गरेर आफुलाई सभ्यताको संवाहकका रुपमा परिचित गराएको छ । तर पुरुषबाट हुने महिला हिंसाका मामिलामा आफुलाई अलिकति पनि सुधार गरेको पाईंदैन । प्राचीनकालदेखि नै पुरुषले महिलालाई आफ्नो निजी सम्पत्ति र खेलौनाका रुपमा राख्ने गरेको पाइन्छ । पुरुष प्रधान समाजको संरचनाले पनि महिला हिंसालाई बढवा दिएको छ । हाम्रो समाजमा महिला हिंसाका अनेकौं रुप विद्यमान छन् । घरेलु हिंसा, यौन शोषणदेखि लिएर दाइजो नपाएको निहुँमा महिलामाथि हुने यातना, बालविवाह, चेलीवेटी बेचविखन, बोक्सीको आरोपसमेत महिलालाई नै लगाएर हिंसा गर्ने गरिएको पाइन्छ । त्यसैका आडमा समाजले पनि महिलामाथि नै अत्याचार गर्ने गरेको छ । आज पलपलमा एक न एक महिला हिंसाको सिकार भइरहेका छन् । महिला शोषणको नयाँनयाँ विधिले विभत्सता र अस्लिलताको सीमा पार गरिसकेको छ । आफुलाई नवीन र आधुनिक मान्ने युवाहरु आज महिलामाथि अत्याचार गर्न पछि परेका छैनन् । महिला हिंसाका घटना न्यूनीकरणका लागि प्रत्येक वर्ष १६ दिने अभियान नै सञ्चालन गर्ने गरिएको छ । तर पनि हिंसाका घटना जहिँको तहीँ छन् ।

सामन्ति, एकाधिकारवादी तथा विभेदपुर्ण सामाजिक व्यवस्थाले थमाएको परम्पराको निरन्तरतामा नेपाली समाज आधुनिक युृगमा पनि घस्रिरहेको छ । समाजका ठुलावडाको कुकुर हराउँदा पनि दिनरात लगाएर खोज्ने प्रशासनले महिला माथि हिंसा हुँदा किन अपराधीलाई समातेर कारबाही गर्न सक्दैन् ? यस्ता गम्भीर प्रश्नहरु महिलाले उठाइरहेका छन् ।

महिलामाथि हुने हिंसा नियन्त्रणको विषय नै चुनौतीपूर्ण बन्दै गएको छ । कानुनमा महिला र पुरुषलाई समाज व्यवहार गरिए पनि व्यवहारतः यसको पालना भएको पाईंदैन । सामाजिक परिवर्तन विना यो सम्भव पनि देखिँदैन । समाजले महिलालाई हेर्ने दृष्टिकोणमै परिवर्तन गर्नु आवश्यक छ । महिलाले आफ्नो अस्मिता रक्षा र सम्मानजनक जीवन यापनका लागि आवाज उठाइरहेका छन् । त्यसैले बलात्कार र महिला हिंसा जस्तो मानवीय कंलकका घटना नदोहोरिऊन भन्नका लागी सरकारले समयमै कठोर कदम उठाउनुपर्दछ । तर सरकारले नै महिला हिंसाका घटनामा ढाकछोप गर्ने गरेको छ । महिलामाथि भएका हिंसाका उजुरी लिन स्थानीय प्रशासनले आनाकानी गर्ने गरेको छ । समाजले पनि यस्ता घटनालाई घरपरिवारमै मिलाउन दबाब दिने प्रवत्ति बढ्दै गएको छ । घटनालाई मिलाउने सामाजिक प्रवृत्ति हावी भएकाले महिलामाथि हुने हिंसाका घटना सार्वजनिक गर्नसमेत समस्या पर्ने गरेको छ ।

सामन्ति, एकाधिकारवादी तथा विभेदपुर्ण सामाजिक व्यवस्थाले थमाएको परम्पराको निरन्तरतामा नेपाली समाज आधुनिक युृगमा पनि घस्रिरहेको छ । समाजका ठुलावडाको कुकुर हराउँदा पनि दिनरात लगाएर खोज्ने प्रशासनले महिला माथि हिंसा हुँदा किन अपराधीलाई समातेर कारबाही गर्न सक्दैन् ? यस्ता गम्भीर प्रश्नहरु महिलाले उठाइरहेका छन् । यस्ता घटना दोहोरिन नदिन र सभ्य समाजको निर्माणका लागि स्वयमु महिला मात्र जागरुक भएर पुग्दैन, त्यसका लागि नागरिक समाज, अधिकारकर्मी र राज्यलेसमेत विशेष ध्यान दिएर लाग्नुपर्ने हुन्छ । महिला हिंसामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ । महिला हिंसाविहीन समाजले मात्र सामाजिक रुपान्तरण सम्भव छ ।