काठमाडौं, १८ फागुन । सानिमा बैंकले हालै भ्मEdge Verve Systems Ltd. (100% Subsidiary Company of INFOSYS Limited, India) संग फिनाकल कोर बैंकिङ्ग सिस्टम (Finacle CBS) भर्सन १०.२.१७ र ँFinacle E-Banking Solution भर्सन ११.X को लाईसेन्सका लागी सम्झौतापत्र हस्ताक्षर गरेको छ ।
फिनाकल संसारभरि चलेका उच्चस्तरीय बैंकिङ्ग सफ्टवेयरहरु मध्ये एक हो ।
साथै बैंकले यस कोर बैंकिङ्ग सफ्टवेयर लागु गर्न CAS Trading House Pvt. Ltd. संग पनि सम्झौता गरेको छ ।
CAS Trading House लाई सम्झौता कार्यान्वयन गर्न Best of Breed Software Solutions Ltd. (BBSSL)ले प्राविधिक साझेदारको रुपमा सहयोग गर्नेछ । उक्त कोर बैंकिङ्ग सफ्टवेयर लागु भएपछि आफ्ना ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने क्षमतामा थप बृद्धि हुने बिश्वास लिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले नयाँ कोर बैंकिङ्ग सिस्टम (CBS)का रुपमा फिनाकल रोज्न लाएकोमा खुसी ब्यक्त गर्दै ग्राहक महानुभावहरुले अझै गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास ब्यक्त गर्नुभयो ।















प्रतिक्रिया