२९ आश्विन २०८३, बिहिबार

रातको अध्यारोमा नवविवाहितले गरिन् यस्तो…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Women

एजेन्सी । कानपुरको चकेरी क्षेत्रमा नवविवाहिताले यस्तो कदम उठाएकी छिन् जसलाई देख्दा जो कोही पनि हैरान हुनेछ ।

प्रहरीका अनुसार देवीगञ्ज अहिरवा निवासी आर्डिंनेन्स फैक्ट्रीकर्मी कौशल किशोरकी पत्नी अर्पिता वर्माले आइतबार राति पंखामा साडी बाधेर आत्महत्या गरेकी हुन् ।

प्रहरीले भनेको छ अर्पिताको एक वर्ष पहिला विहे भएको थियो उनी बीएडको पढाई गरिरहेकी थिइन् । परिवारका सदस्यहरु एक विवाह समारोहमा गएका बेला उनले आत्महत्या गरिन् । विहेमा गएका परिवारका सदस्य फर्केर घरको ढोका खुल्दा खुलेन । फोडेर भित्र पस्दा अर्पिता पंखामा झुण्डिएकी थिइन् ।

समाचार अनुसार यता माइती पक्षले ससुराल पक्षमाथि छोरीको हत्या गरेको आरोप लगाएको छ । उनका पतिले भने पढाइको तनावमा अर्पिताले यो कदम उठाएको दाबी गरेका छन् । प्रहरीले घटनाको छानविन थालेको छ ।