३० आश्विन २०८३, शुक्रबार

जनसम्पर्क समिति डेनमार्कमा चरम विवाद र असन्तुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Janasamparka

डेनमार्क । नेपाली काँग्रेसको १३औ महाधिवेशनमा सहभागी हुनको लागि जनसम्पर्क समिति डेनमार्कले चरम विवाद र असन्तुष्टिका साथै नेपाली कांग्रेसको परिपत्र बिपरित महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरूको छनौटमा एकलौटी निर्णय गरेको छ्र ।

नेपालीकांग्रेसको केन्द्रीय परिपत्रमा महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरूको चयन गर्दा पार्टीका क्रियाशिल सदस्यहरुको भेलाबाट अधिकतम निर्णय या चुनावी प्रक्रियाबाट मात्रै हुनुपर्ने स्पस्ट निर्देशन हुदाहुदैपनि जनसम्पर्क समिति डेनमार्कले कार्यदल र सल्लाहकार परिषदलाई बेवास्ता गर्दै आफ्नो मुल्यांकन आफै गर्दै आफैलाई चयन गरेको छ्र यसरी छनौट हुनेहरुरुमा सभापति, उपसभापति, महामन्त्री, निबर्तमान सभापति, दुइजना पुर्ब सभापति र एक जना कार्य समिति सदस्य समेत छन् ।

क्रियाशील सदस्यहरु बनाउदा सम्बन्धित व्यक्तिलाई थाहै नदिइकन किर्ते हस्ताक्षर गरी ५०० जना पुर्याइएकोले क्रियाशील सदस्यहरुको नामावली प्रकाशित नै नगरी साथै भेला पनि नगरी उक्त निर्णय गरेको जनगुनासो छ्र यस्तै विवाद र असन्तुस्टी हरु युरोपका अन्य देश हरु बेल्जियम र पोर्तुगलमा पनि नभएका होइनन््र महाधिबेशन प्रतिनीधि तथा महासमिति सदस्य चयन हुन धेरै त्याग र बलिदान गरेका क्रियाशील सदस्यलाई पनि देशभित्र हम्मेहम्मे परेको अबस्थामा विदेशस्थित जनसम्पर्क समितिले आफूखुसी केन्द्रीय अधिबेशनमा जानको लागि ५०० जना सदस्य पुर्याई पैसाको बलमा राजनीति गर्ने परिपाटी भबिस्यमा पार्टीको लागि घातक बन्ने बताइएको छ ।