७ कार्तिक २०८३, शनिबार

गहना लगाएकी दुलही कसरी वेपत्ता भइन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १८ फागुन । स्याङ्जा घर भई नवलपरासीको गैंडाकोटमा होटल चलाउँदै आएका जयदेव पौडेल शुक्रबार जन्ती लिएर चितवनको नारायणघाट आए ।

तीन महिनादेखि प्रेमसम्वन्धमा रहेकी सुषमा लामिछानेसँग उनको शनिबार विहे हुँदै थियो । प्रेमिकासँगै उनी नारायणघाट पुल्चोकको फिस्टेल होटलमा बसे ।

१५ दिनदेखि उनी प्रेमिकासँग बस्दै आएका थिए । शनिबार मन्दिरमा विहेको तयारी थियो । बिहान उनी दाह्री काट्ने तयारीमा लागे । प्रेमिका पनि गहना र नयाँ कपडा लगाएर सजिइन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

विहेका लागि पौडेलले ल्याएको करिब पाँच तोला सुनका गहना लगाएर सुष्मा मेकअप गर्न भनेर होटलबाट ब्युटिपार्लरतिर लागिन् । तर, डेढ घण्टा वित्दा पनि उनी नफर्किएपछि पौडेलले मोबाइलमा फान सम्पर्क गर्न खोजे । तर, फोन स्विच अफ थियो ।

तयार भइसकेका जन्तीसहित प्रेमको घन्टौं कुर्दा पनि सुष्मा नफर्किएपछि पौडेलले प्रेमको नाटकमा आफू ठगिएको थाहा पाए ।

त्यसपछि उनी प्रहरीकहाँ पुगे । गोरखा घर बताउने ती २२ वर्षीया युवतीले तीन महिनासम्म प्रेमिकाका रुपमा पौडेलसँग बसेर विवाहको नाममा ठगी गरेकी हुन् ।

३५ वर्षीय पौडेल पाँच वर्ष दुबई बसेर नेपाल फर्किएका हुन् । विदेशमा पसिना बगाएर कमाएको पैसाले उनले नवलपरासीको गैंडाकोटमा पौडेल खाजा घर खोलेका थिए ।

त्यही खाजाघरमा सुष्मासंग उनको करिब तीन महिनाअघि चिनजान भएको हो ।

सुष्माले आफ्ना बुबाआमा बितिसकेकाले नारायणघाटस्थित मामाले आफ्नो विहे गरिदिने बताइन् । मामा धनी व्यक्ति भएकाले देखाउनका लागि मात्र भएपनि केही गहना चाहिने बताइन् ।

पौडेलले पनि केही किने भने केही आफन्तसंग मागेर गहना सुष्मालाई दिएका थिए ।

तर सुष्माले त्यही गहना फुत्काउन तीन महिनासम्म प्रेमको नाटक गरेकी थिइन् ।

नक्कली प्रेममा पौडेलले करिब तीन लाख गुमेको छ । प्रेम र विवाहको नाममा युवतीले ठगी गरेको र उनको खोजी भइरहेको वडा प्रहरी कार्यालय नारायणघाटका प्रहरी निरीक्षक सत्यनारायण थापाले बताए ।