७ कार्तिक २०८३, शनिबार

यसरी विभाजन हुँदैछ फेरि बैद्य माओवादी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi-Baidhya-ko-Partyकाठमाडौं, १८ फागुन । एमाओवादीसंग विभाजित भएको दुई वर्षभित्रै थप विभाजन झेलेको नेकपा क्रान्तिकारी माओवादीमा पुनः विवाद बढेको छ ।

एमाओवादीसंग पार्टी एकताको विषयलाई लिएर विवाद बढेको हो । बैद्य माओवादीमा एमाओवादीसंग एकता गर्ने नपर्ने विषयले दुई लाइन संघर्ष चलेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

एकताको विषयले अध्यक्ष मोहन बैद्य र महासचिव रामबहादुर थापा बादलवीच विवाद उत्कर्षमा पुगेको छ ।

कतिपयले यही विषयले बैद्य माओवादीमा फेरि विभाजन आउने बताउन थालेका छन् ।

स्रोतका अनुसार अध्यक्ष बैद्य राजनीतिक कार्यदिशासहितका विषयमा एमाओवादी सच्चिए मात्रै एकता गर्न सकिने पक्षमा छन् भने थापा तत्कालै माओवादी पार्टीहरुवीच निसर्त एकताको पक्षमा छन् ।