७ कार्तिक २०८३, शनिबार

भारतले तेल र ग्यास नदिनुको मुख्य कराण चीन, अझै अभाव हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IOC Indian Oil Corporatationकाठमाडौं, १८ फागुन । पाँच महिना लामो नाकाबन्दीपछि केही सहज भए पनि भारतले अझै मागको ७० प्रतिशत भन्दा बढी इन्धन दिएको छैन ।

इन्डियन आयल कर्पोरेशन (आर्इओसी)सँग इन्धनको मात्रा बढाउन पटक–पटक आग्रह गरिए पनि नेपालले मागेजति तेल नपाएको समाचार कारोबार दैनिकले समाचार छापेको छ ।

निगमका अधिकारी चीनसँग पेट्रोलियम खरिदका लागि भएको समझदारीका कारण भारते पर्याप्त इन्धन नदिएको बताउँछन् ।

सरकारले कात्तिकमा कुल इन्धन आयातको एक तिहाई परिमाण चीनबाट ल्याउने सभझदारी पत्रमा हस्ताक्षर गरेको थियो ।

‘पेट्रोलियम पदार्थ बढाउन दिनहुँजसो टेलिफोन र इमेलमार्फत आईओसीलाई आग्रह गरेपनि माथिको आदेश नभएको भन्दै परिमाण बढाउन मानिरहेको छैन’, आयल निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरे भन्छन्, ‘छलफलका क्रममा किन पर्याप्त इन्धन नदिने त ? भनेर सोध्दा उहाँहरु स्पष्ट कुरा गर्नुहुन्न तर कुरा गराइबाट चीनबाट इन्धन ल्याउने समझदारीका कारण पर्याप्त इन्धन नदिएको सजिलै बुझ्न सकिन्छ।’