२४ कार्तिक २०८३, मंगलबार

लादेनसँग पाकिस्तानी प्रधानमन्त्री शरिफको खतरनाक रहस्य सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nawaz-and-oasma-bin-laden-1456739318

काठमाडौं, १७ फागुन । आतंकवादी अलकायदाका चर्चित नेता ओसामा विन लादेन मारिएको केही वर्षपछि खतरनाक रहस्य बाहिर आएको छ ।

सोमबार सार्वजनिक भएको यो तथ्यअनुसार पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले लादेनसँग पैसा लिएर चुनाव लडेको खुलासा भएको भारतीय च्यानल आजतकले जनाएको छ ।

पाकिस्तानमा भर्खरै प्रकाशन भएको ‘खालिद ख्वाजाः शहीद–ए–अमनु’ नामक पुस्तकमा नवाज शरीफले १९९० मा पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोविरुद्ध चुनाव लडेको उल्लेख गरिएको अर्काे समाचारमा जनाइएको छ ।

चुनाव प्रचारका क्रममा पाकिस्तानमा भुट्टोको हत्या भएको थियो । भुट्टो लोकप्रिय प्रधानमन्त्री थिइन् ।

पाकिस्तानी इन्टेलिजेन्स एजेन्सी आईएसआईका पूर्व अफिसर खालिद ख्वाजाकी श्रीमती शमामा खालिदले लेखेको उक्त पुस्तकमा नवाफ शरीफले पाकिस्तान पीपुल्स पार्टीका विरुद्धमा चुनाव लड्नका लागि लादेनले पैसा दिएको उल्लेख छ ।

उक्त पुस्तकमा लादेन र नवाजबीच साँठगाँठ रहेको र नवाजले पाकिस्तानमा इस्लामी कानुन लागू गरी उनको सुरक्षा गर्ने बचन दिएका थिए ।

तर, अहिले सरकारमा आएपछि उनले आफ्नो प्रतिबद्धता कार्यान्वयन नगरेको पनि पुस्तकमा उल्लेख गरिएको थियो । अमेरिकी सैनिकको कारवाहीमा लादेनको मृत्यु भइसकेको छ ।