३१ आश्विन २०८३, शनिबार

नेपाललाई सहयोग गरेका हिरो लियोनार्दोले जिते ओस्कर अवार्ड (सूचीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oscar-award

काठमाडौं । बिश्वकै प्रतिष्ठित फिल्म अवार्ड ओस्करको ८८ औ संस्करण सोमबार सम्पन्न भएको छ ।

जसमा सर्वाेत्कृष्ट अभिनेताको अवार्ड लियोनार्दो डिकाप्रियोले जितेका छन । टाइटनिक हिरो लियोनार्दाे नेपालमा बाघ संरक्षणमा सहयोग पुगाएका छन् । उनले नेपालका बाघलाई औधि माया गर्ने र बेला बेला संरक्षणमा जोड दिँदै आएका छन् ।

बाघ हेर्न उनी नेपाल समेत आइसकेका छन् । उनलाई नेपालसँग राम्रो सम्बन्ध बनाएको हलिउड हिरोको रुपमा लिइन्छ ।

लस एन्जल्सस्थित हलिउड शहरको डोल्बी थियटरमा आयोजित ओस्करको भव्य समारोहमा फिल्म ‘स्पटलाइट’ले सर्वोत्कृष्ट फिल्मको अवार्ड जित्यो ।

 अवार्ड बिजेताहरु :

  • सर्वोत्कृष्ट चलचित्र : स्पटलाइट
  • उत्कृष्ट निर्देशक : एलेजान्ड्रो गोन्जालेज इनारितु (द रेवेनान्ट)
  • सर्वोत्कृष्ट अभिनेता : लियोनार्डो डिक्याप्रियो (द रेवेनान्ट)
  • सर्वोत्कृष्ट अभिनेत्री : ब्री लार्सन (रुम)
  • सर्वोत्कृष्ट सहअभिनेता : मार्क रायलन्स (ब्रिज अफ स्पाइस)
  • सर्वोत्कृष्ट सहअभिनेत्री : एलिसिए विकान्डेर (द डेनिस गर्ल)
  • सर्वोत्कृष्ट लाइभ एक्सन सर्ट फिल्म : स्टटरा
  • सर्वोत्कृष्ट ओरिजिलन स्कोर : द हेटफुल एट
  • सर्वोत्कृष्ट ओरिजिनल सङ : राइटिङग्स अन द वाल (स्पेक्टर)
  • सर्वोत्कृष्ट ओरिजिनल स्क्रिनप्ले : स्पटलाइट
  • सर्वोत्कृष्ट एडप्टेड स्क्रिनप्ले : द विब सर्ट
  • सर्वोत्कृष्ट मेकअप एण्ड हेयरस्टाइलिङ : म्याड म्याक्स फ्युरी रोड
  • सर्वोत्कृष्ट कस्ट्युम डिजाइन : म्याड म्याक्स फ्युरी रोड
  • सर्वोत्कृष्ट प्रोडक्सन डिजाइन : म्याड म्याक्स फ्युरी रोड
  • सर्वोत्कृष्ट सिनेम्याटोग्राफी : द रेभेनान्ट
  • सर्वोत्कृष्ट साउण्ड एडिटिङ : म्याड म्याक्स फ्युरी रोड
  • सर्वोत्कृष्ट साउण्ड मिक्सिङ : म्याड म्याक्स फ्युरी रोड
  • सर्वोत्कृष्ट फिल्म एडिटिङ : म्याड म्याक्स फ्युरी रोड
  • सर्वोत्कृष्ट भिजुअल इफेक्टस : एक्स माकिना
  • सर्वोत्कृष्ट एनिमेटेड सर्ट फिल्म : बिएर स्टोरी
  • सर्वोत्कृष्ट एनिमेटेड फिचर फिल्म : इनसाइड आउट
  • सर्वोत्कृष्ट डकुमेन्ट्री (फिचर) : एमी
  • सर्वोत्कृष्ट डकुमेन्ट्री (छोटो विषय) : अ गर्ल इन द रिभर–द प्राइस अफ फरगिभनेस
  • सर्वोत्कृष्ट फरेन ल्यांग्वेज फिल्म : सन अफ सउल (हंगेरी)