
उर्लाबारी, १७ फागुन । मोरङको उर्लावारीमा रहेको भिजन फाउण्डेशन नेपालले आगामी फाल्गुन २४ गते उर्लाबारी–२ स्थित होटल सिघिंममा सांस्कृतिक कार्यक्रमको ओजाना गर्ने भएको छ ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै सांस्कृतिक कार्यक्रमको बारेमा फाउण्डेशनले जानकारी दिएको हो ।
फाउण्डेशनद्वरा सञ्चालीत उर्लाबारी सार्वजनिक पुस्ताकलयको सहयोगार्थ सांस्कृति कार्यक्रमको आयोजना गर्न लागिएको अध्यक्ष राजू लामाले जानकारी दिए ।
महाशिवरात्री–साङगेतिक साँझ –२०७२ नाम दिइएको सो कार्यक्रममा राष्ट्रिय गायिका शिवानी मोक्तान र गायक विश्व नेपालीले प्रस्तुति दिनेछन् भने स्थानीय पाठशाला ब्याण्डको समेत बजोड प्रस्तुति रहने सांस्कृतिका कार्यक्रम आयोजक समितिकी संयोजक बानु सुब्बाले बताईन् ।















प्रतिक्रिया