२४ कार्तिक २०८३, मंगलबार

अपडेटः उड्नै लागेको विमानबारे लुक्लाबाट आयो सुखद खबर !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Airport-lukla

सोलुखुम्बु, १७ फागुन । काठमाडौँबाट लुक्ला आएको सिम्रिक एयरको विमानमा बम नरहेको पुष्टि भएको छ ।

आज बिहान पौने ८ बजे लुक्ला विमानस्थलमा अवतरण भएको विमानको सामान राख्ने ठाउँमा बम रहेको पर्चा भेटिएपछि विमानस्थलमा केहीबेर त्रास फैलिएको थियो ।

विमानको जाँच गर्दा कुनै खतरापूर्ण बस्तु नभेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

विमानका सामान निकाल्दा ‘खबरदार जहाजमा बम छ’ लेखिएको पर्चा भेटिएको थियो । प्रहरीले खानतलास गरी केही नघेटिएपछि विमानलाई काठमाडौँ उडान गर्न स्वीकृति दिइएको थियो ।

यो हप्ता नेपालमा लगातार दुई वटा विमान दुर्घटना भएपछि देशैभरी सर्वसाधारणमा त्रास फैलिएको थियो । रासस