१ कार्तिक २०८३, आइतबार

भारतबाट ग्यास आयातमा वृद्धि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gas-bulletपर्सा, १७ फागुन । वीरगन्ज नाका सहज भएसँगै भारतबाट खाना पकाउने ग्यासको आयातमा समान्य वृद्धि भएको छ ।

भारतको बरौनी, हदलियाँ र मथुराबाट वीरगन्ज नाका हँुदै नेपालका लागि आयात हुने खाना पकाउने ग्यासको संख्या प्रतिदिन ११/१२ बुलेटबाट बढेर १९/२० बुलेट पुगेको छ । माघ २५ गतेदेखि फागुन १२ गतेसम्ममा इण्डियन आयल कोर्पोरेसनले नेपाललाई दैनिक ११ देखि १२ बुलेट ग्यास उपलब्ध गराउँदै आए पनि फागुन १३ गतेदेखि १६ गतेसम्ममा उक्त संख्यामा वृद्धि गरी प्रतिदिन १९ देखि २० बुलेट उपलब्ध गराएको वीरगन्ज भन्सार कार्यालयका अधिकृत लोकराज पन्तले जानकारी दिनुभयो ।

माघ २५ गतेदेखि फागुन १२ गतेसम्ममा वीरगन्ज नाकाबाट १ सय ८८ बुलेट ग्याँस भित्रिएको तुलनामा फागुन १३ गतेदेखि १६ गतेसम्मको चार दिनमा मात्र ७९ बुलेट ग्यास भित्रिएको छ । सहज अवस्थामा वीरगन्ज नाकाबाट दैनिक ३० देखी ४० बुलेट खाना पकाउने ग्यास भित्रिएको थियो ।

यसैबीच वीरगन्ज नाकाबाट पेट्रोलियम पदार्थको आयातमा समेत सामान्य सुधार आएको भन्सारले जनाएको छ । माघ २५ गतेदेखि फागुन १६ गतेसम्ममा सो नाकाबाट ३ करोड ५० लाख ९२ हजार लिटर इन्धन भित्रिएको छ । आयात सुचारु भएको २४ दिनमा डिजेल दुई करोड १४ लाख ३० हजार लिटर, पेट्रोल ८३ लाख ९६ हजार लिटर, हवाई इन्धन ४९ लाख ६२ हजार लिटर र मट्टितेल तीन लाख चार हजार लिटर भित्रिएको छ । रासस