२४ कार्तिक २०८३, मंगलबार

कांग्रेसमा पौडेलको योजना असफल, सशांकले ‘बहिनी’लाई फकाउन सकेनन्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramchandra-sujata-sashanka

काठमाडौं, १७ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापतिका लागि संस्थापन पक्षका सबै नेताहरुको समर्थन जुटाउने कार्यबाहक सभापति रामचन्द्र पौडेलको योजना ‘असफल’ भएको छ ।

हाल संस्थापनबाट पौडेलसँगै सुजाता कोइराला र कृष्णप्रसाद सिटौला सभापतिमा नछाड्ने कसरत गरिरहेका छन् । सुजाता र सिटौलालाई फकाउन पौडेल असफल भएका हुन् । उनले सुजातालाई फकाउन कोइराला परिवारकै सदस्यहरु डा. शेखर कोइराला र सशांक कोइरालालाई खटाएका थिए । तर, प्रयास सफल भएन् ।

संस्थापन स्रोतका अनुसार पौडेलको आग्रहमा सशांकले आइतबार सुजातासँग आफ्नै निवासमा बोलाएर भेट गरेका छन् । नजाताले बहिनी पर्ने सुजातालाई उनले सभापतिमा पौडेललाई सहयोग गर्न आग्रह गरेका थिए । तर, सुजाताले आफू पछि नहटने कुरा स्पष्टसँग राखेपछि सशांकले बहिनी फकाउन सकेनन् । सशांक विपीपुत्र हुन भने सुजाता गिरिजाकी छोरी हुन् ।

सुजाता, सशांक र शेखरबीच झण्डै दुई घण्टा संवाद भएको थियो । जति संवाद भएपनि कोइराला परिवारका तीन सदस्य निस्कर्षमा पुग्न सकेनन् । सशांकले भेट्नु भन्दा पहिले पौडेलले भेट्न खोजेका थिए । तर, सुजाताले आफू अस्वस्थ रहेको भन्दै भेट गर्न नमानेको स्रोतको दाबी छ ।