७ कार्तिक २०८३, शनिबार

नविना लामाले बनाइन् नयाँ रेकर्ड !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nabina-Lamaकाठमाडौं । हालै सम्पन्न अनेरास्ववियुको २२ औँ महाधिवेशनमा सवैभन्दा बढी मत पाएर जित्नेमा अध्यक्ष नविना लामा भएकी छिन भने सबैभन्दा कम मतान्तरमा हार्नेमा उपाध्यक्षकी उम्मेदवार राधिका खतिवडा भएकी छिन ।

नविनाले कूल मत १५२० मध्ये आधा भन्दा बढी ८६५ मतका साथ विजयी भएको निर्वाचन समितिले सार्वजनिक गरेको छ । उनका निकटतम प्रतिद्धन्दी दिपक गौतमले ६४९ मत पाएका थिए ।

त्यस्तै उपाध्यक्षमा ४ मतको कमीले गौतम प्यानलकी राधिका खतिवडा पराजित भइन । यदि अन्तरघात नभएको भए उनले जित्ने पक्कापक्क थियो ।

चार उपाध्यक्ष मध्ये सवैभन्दा बढी महेश वर्तौलाले ७८४ मत पाए । चौथो नम्बरमा जित्ने शैलेश लामाले ६८० मत पाए भने ६७६ मत पाएर खतिवडा पाँचौ बनिन् । महासचिवमा ऐन महरले ८३१ मत पाए भने अब्दुल हुसेनले ६६२ मत पाए । सचिवमा सवैभन्दा बढी मत पाएका समिक बडालको पक्षमा ९१९ मत पर्यो । साँघु साप्ताहिकमा समाचार छ ।