– बिजय शर्मा दर्पण
स्वीटजरल्याण्ड । भूकम्प पश्चात नेपालको अधिकाशं पर्यटकीय क्षेत्रहरु पूर्ण रुपमा क्षति भएको भन्ने हल्लालाई स्वीटजरल्याण्डका नेपालीले उक्त हल्ला गलत हो भन्दै व्यापक प्रचार प्रसार गरेका छन् ।
नेपालमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्य लिएका उनीहरूले नेपालको महाभूकम्प पछिको पर्यटकीय क्षेत्रलाई प्रबर्धन एवं पर्यटन योग्यका लागि प्रचार प्रसार गराउन समाजसेबी आंग तेन्जिंग शेर्पा र कमल भट्टको सामुहिक आयोजनामा गत शनिबार स्विटजरल्याण्डको पर्यटकीय ठाउं कान्तोन ओववाल्देन स्थित मेल्से फ्रुटमा ” स्नो फन ” कार्यक्रम सम्पन्न भएको छ ।
विभिन्न बहाना बनाएर अरूसँग सहयोग माग्ने भन्दा पनि विश्वको सुन्दर देश नेपालको प्रमुख आयश्रोत पर्यटन व्यवसायमा पर्न गएको असरलाई मध्यनजर गर्दै ल्भ्एब्ी क्ष्क् क्त्क्ष्ीी ब्ीक्ष्ख्भ् ब्ल्म् क्ब्ँभ् ँइच् त्इग्च्क्ष्क्ः भन्ने नाराका साथ गरिएको कार्यक्रम भव्यताका साथ् सम्पन्न भएको हो ।
लगभग ५० जना नेपाली उपस्थिति रहेको उक्त कार्यक्रममा बोल्दै आयोजक तेन्जिंग शेर्पाले भन्नु भयो – यो हाम्रो पहिलो अभियान हो जुन अभियानले बाटोमा बसेर चन्दा उठाउनु भन्दा नेपालमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउन सकियो भने नेपालको आथिक उन्नति हुने छ । गत बर्षको विनाशकारी महाभूकम्पले घरि घरि चस्स पोली रहेको छ । यस्तै विभिन्न कारणले गर्दा हाम्रो सुन्दर देश नेपालको प्रमुख आय श्रोत पर्यटन व्यवसायमा पर्न गएको असरलाई मध्य नजर राख्दै नेपाल पर्यटकको लागि सुरक्षित छ भन्ने मूल नाराका साथ स्वीसको कुना कुनामा प्रचार प्रसारमा जाने नेपालको पर्यटन बिकाश प्रति चासो राख्दै अरु थप कार्यक्रम गरिने अर्का आयोजक कमल भट्टले जानकारी दिए।















प्रतिक्रिया