७ कार्तिक २०८३, शनिबार

यसरी हुँदैछ नेपाल टेलिकम रित्याएर नयाँ कर्मचारी ल्याउने तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-telecomकाठमाडौं, १७ फागुन । नेपाल दूरसञ्चार कम्पनी टेलिकमबाट पहिलो चरणमा ७९६ कर्मचारीले स्वेच्छिक अवकाश रोजेका छन् । प्रायः सबै तहका कर्मचारीले स्वेच्छिक अवकाश रोजेपछि कम्पनीलाई ६ अर्ब रुपैयाँ हाराहारीमा आर्थिक भार पर्ने भएको छ ।

आइतबारदेखि टेलिकमले अवकाश रोजेका कर्मचारीलाई भुक्तानी दिन सुरु गरिसकेको कारोबार दैनिकले समाचार छापेको छ ।

प्रतिस्पर्धी बजारमा आवश्यक कर्मचारी कटौती गर्दै प्रविधीमैत्री प्रणालीलाई बढवा दिन कम्पनीले स्वच्छिक अवकाशको अवधारणा ल्याएको हो ।

कम्पनीले चालू आर्थिक वर्षभित्र १ हजार ५०० सय कर्मचारीलाई स्वेच्छिक अवकाश दिने योजना बनाएको छ ।