७ कार्तिक २०८३, शनिबार

सुजातालाई फकाउन कसले पठायो यस्तो आकर्षक प्रस्ताव ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sujata Koiralaकाठमाडौं, १७ फागुन । नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल र बरिष्ठ नेता शेरबहादुर देउवा प्यानलसहित सभापतिमा उम्मेदवारी घोषणाको अन्तिम तयारीमा जुटेका छन् ।

महाधिवेशन सुरु हुन तीन दिन मात्र बाँकी रहँदा दुवै नेता निकटलाई मनाएर उम्मेदवारी घोषणाको कसरतमा जुटेको समाचार नागरिक दैनिकले छापेको छ ।

कार्यबाहक सभापति पौडेल महामन्त्री कृष्णप्रसाद सिटौला र नेतृ सुजाता कोइरालालाई फकाएर मंगलबारसम्म उम्मेदवारी घोषणाको कसरतमा छन् ।

पदलाधिकारी संख्या बढाएर निकट नेताको सहज व्यवस्थापन गर्ने प्रयास असफल भएपछि संस्थापन पक्षका नेताहरु संसदीय दल र सरकारमा नेताहरुको भूमिकालाई सुरक्षित गर्ने आश्वासनसहित सवैलाई समेट्ने प्रयासमा छन् ।

सुजातालाई फकाउन शशांक र शेखर कोइरालालाई अघि सारेका पौडेल सिटौलालाई संसदीय दलको नेतामा मनाउने प्रयासमा छन् ।

पदाधिकारी संख्या बढाएर महिला उपसभापतिमा आफ्नो स्थान सुरक्षित गर्ने रणनीतिमा रहेकी सुजातालाई पौडेलले सरकारको उपप्रधानमन्त्री बनाउने आश्वासनपछि शनिवार नै सभापतिको प्रत्याशी बन्ने घोषणा गरेकी थिइन् ।